
साता अन्तिम दिन सेयर कारोबारमा हरियाली छाएको छ । आज नेप्से २५.५७ अंकले बढेर एक हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
कुल १३ उपसमूहमका सबै सूचकमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । २ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज सेयरबजारमा दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक सेयरमूल्य गुमाउने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स रहेको छ ।
त्यस्तै, आज सर्वाधिक हाइड्रोपावर समूहको कुल ७ हजार ४६१ ट्रान्जेक्सन भएको छ ।
कमेन्ट गर्नुहोस्








