सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क ३०.१५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

189
0
Share:

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क ३०.१५ प्रतिशतले बढेर ३९ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३० करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको नाफामा भने सामान्य गिरावट देखिएको छ । असोज मसान्तसम्म कम्पनीको खुद नाफ ५.६५ प्रतिशतले घटेर ५ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ९ करोड ३५ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड २७ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब २० करोड ९९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी भने १५ रुपैयाँ ९२ पैसा, प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ३४.१४ गुणा रहेको छ ।

कमेन्ट गर्नुहोस्