
राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा बढेको छ भने खुद ब्याज आम्दानी घटेको छ ।
असोज मसान्तसम्म संस्थानको खुद नाफा २३.३५ प्रतिशतले बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधिसम्म संस्थानको खुद बीमा शुल्क आम्दानी भने ७५.३६ प्रतिशतले घटेर १ अर्ब ११ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले ४ अर्ब ५३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
संस्थानले यो त्रैमाससम्म ७६ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता, कम्पनीले जीवन बीमा कोष भने ३७ अर्ब १४ करोड रुपैयाँबाट बढोत्तरी गरेर ४० अर्ब २४ करोड पुर्याएको छ ।
हाल राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ४३ करोड ३१ लाख रुपैयाँ छ ।








