
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से १३.४० अंकले बढेर एक हजार ९ सय ११ दशमलब २६ विन्दुमा कारोबार बन्द भएको हो ।
आज नेप्सेमा ८५ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कुल १३ उपसमूहमध्ये ११ समूहको सेयर मूल्य बढेको छ भने बाँकी २ वटा समूहको सेयर मूल्य घटेको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १४१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार तारागाउँ रिजेन्सी र सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यसको आज ८ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।
आज रिदि हाईड्रोपावर हिमालयन डिस्टीलरी र पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सिक्लेस हाईड्रोपावरको शेयरमा सर्किट लागेको छ।








