असोजमा उपभोक्ता मूल्यवृद्धि ८.५० प्रतिशत पुग्यो, तराईमा सर्वाधिक महंगी

143
0
Share:

चालु आर्थिक वर्षको ३ महिनामा समग्र उपभोक्ता मूल्यवृद्धि ८.५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्याङ्कअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत पुगेको हो । यद्यपी भदौको तुलनामा मुद्रास्फीतिमा केही सुधार देखिएको छ । भदौमा समग्र उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत थियो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको
मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ । भदौमा मुद्रासस्फीति खाद्य तथा पेय पदार्थमा ८.१७ र गैर खाद्य तथा सवा क्षेत्रमा ९.०२ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।

यस्तै गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुह?को ७.६८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

असोजमा काठमाडौं उपत्यकामा महँगी ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत रहेको छ । गत वर्षको समीक्षा अवधिमा यी क्षेत्रहरुमा समग्र महँगी काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत, पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो । असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति भने १३.७३ प्रतिशत रहेको केन्द्रिय बैंकले जनाएको छ । गत वर्ष असोजमा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो ।

२०७९ असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.२४ प्रतिशत, १७.१३ प्रतिशत र ६.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.२७ प्रतिशत रहेको छ ।

कमेन्ट गर्नुहोस्