
नेपाली बजारमा (मंगलबार) सुनको मूल्य फेरि उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुहोस्








