
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू १:१ को अनुपातमा मर्जरमा जाने भएका छन् । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।
अर्थात् ग्लोबल आइएमई बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले बैंक अफ काठमाण्डूको १०० कित्ता सेयर प्राप्त गर्नेछन् ।
मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बैंक नै रहने सहमति भएको छ ।
मर्जरपछि बन्ने बैंकको अध्यक्षमा चन्द्र ढकाल नै हुनेछन् भने सीईओमा रत्नराज बज्राचार्य नै हुनेछन् । दुबै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए ।
मर्जरपछि ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० रुपैयाँ कुल चुक्तापुँजीसहित देशकै ठूलो बैंक बन्नेछ ।

कमेन्ट गर्नुहोस्








