टी-२० विश्वकप फाइनल : इंग्ल्यान्डले टस जित्यो, पाकिस्तान ब्याटिङमा

236
0
Share:

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाकिस्तानले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।

आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रिएका छन् । यी दुई टोलीबीच हालसम्म २८ टी–ट्वान्टी खेल भएकामा १८ खेलमा इंग्ल्यान्ड विजेता हुँदा ९ खेलमा पाकिस्तानले जितेको छ । एक खेल भने नतिजा विहीन भएको छ । दुई देशबीचको पछिल्लो पाँच टी–ट्वान्टी खेलमा ३ खेलमा इंग्ल्यान्ड र २ मा पाकिस्तान बिजयी भएको छ ।

कमेन्ट गर्नुहोस्