
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफामा उल्लेख्य वृद्धि भएको छ ।
असोज मसान्तसम्म संस्थाको खुद नाफा ५४.१६ प्रतिशतले बढेर १० करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
संस्थाको सञ्चालन मुनाफा पनि ५४.१६ प्रतिशतले बढेर १० करोड ८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १५ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
सो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ३७.६६ प्रतिशतले बढेर १७ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १२ करोड ७१ लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी १ अर्ब २४ करोड रुपैयाँ संस्थाको जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँको जम्मा भएको छ ।
संस्थाको ईपीएस ५४.१७ प्रतिशतले बढेर ३५.०९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस २२.७६ रुपैयाँ थियो। पीई रेसियो २३.७७ गुणा र प्रतिसेयर नेटवर्थ २७५.३० रुपैयाँ रहेको छ।








