आम्दानीसँगै घट्यो सपोर्ट लघुवित्तको नाफा

194
0
Share:

सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपपिरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आवको तुलनामा लघुवित्तको खुद नाफा ६७.६८ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा लघुवित्तले ४ लाख ४५ हजार रुपैयाँ कमाएको छ ।

गत आवको सोही अवधिमा कम्पनीले १३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त वित्तीय विवरण अनुसार कम्पनीको ब्याज आम्दानी घटेसगै नाफा पनि घटेको हो । यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी २१.०७५ ले घटेर १ करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

कमेन्ट गर्नुहोस्