जीवन विकास लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

144
0
Share:

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा संस्थाको नाफामा गिरावट आएको छ ।

समीक्षा अवधिमा संस्थाको खुद नाफा १६.४० प्रतिशतले घटेर १४ करोड ७६ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ५.९४ प्रतिशतले बढेर ४० करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३८ करोड ३४ लाख रुपैयाँमा सीमित थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २०.९३ प्रतिशतले घटेर १२ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १५ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोको थियो ।

चुक्तापुँजी १ अर्ब ३ करोड रुपैयाँ संस्थाको जगेडा कोषमा १ अर्ब ६८ करोड रुपैयाँको जम्मा भएको छ।

समीक्षा अवधिमा संस्थाले १० अर्ब ६ करोड रुपैयाँ सापटी लिई २४ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर १.१२ प्रतिशत पुगेको छ। संस्थाको ईपीएस ५७.१० रुपैयाँ, पीई रेसियो ४३.८२ गुणा र प्रतिसेयर नेटवर्थ २८३.९२ रुपैयाँ रहेको छ।

कमेन्ट गर्नुहोस्