एकैदिन १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

141
0
Share:

नेपाली बजारमा साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य एकैदिन एक हजार ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला  ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने सुनको मूल्य ३ हजार ६०० रुपैयाँले उकालो लागेको छ। गत साताको (शुक्रबार) छापावाला सुन प्रतितोला  ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

यो साताभरि भने चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेको छ। गत साताको (शुक्रबार) चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो ।

कमेन्ट गर्नुहोस्