टक्सारबाट सुन-चाँदीको सिक्का किन्दा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

179
0
Share:

नेपाल राष्ट्र बैंकले टक्सार महाशाखाबाट सुन–चाँदीका सिक्का किन्दा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत रहेको टक्सार महाशाबाट कात्तिक २३ गतेबाट सुनको असर्फी, चाँदीको मेडालियन-स्मारिका सिक्काहरु खरिद तथा रु. १ र २ का सिक्काहरु सहटी गर्दा क्यूआर कोडमार्फत पनि भुक्तानी गर्ने व्यवस्था सञ्चालन गरिएको राष्ट्र बैंकले जनाएको छ।

यसअघि टक्सार महाशाखामा सुन–चाँदीका सिक्का खरिद गर्दा नगदमा कारोबार हुने गरेको थियो।

कमेन्ट गर्नुहोस्