
नेपाली बजार (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुहोस्








