किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य निर्धारण, क्विन्टलमा २२६ रुपैयाँसम्म बढ्यो

220
0
Share:

सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य निर्धारण गरेको छ । सरकारले गत वर्ष भन्दा क्विन्टलमा २२६ रुपैयाँसम्मले बढाएर धानको सर्मथन मूल्य तोकेको कृषि मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको छ ।

यो मूल्य गतवर्ष भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानमा २२६ रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको सर्मथन प्रति क्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ९०२ रुपैयाँ थियो ।

कमेन्ट गर्नुहोस्