बुधबार सेयर बजारमा उच्च अंकको गिरावट

190
0
Share:

साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । यस दिन सेयर बजार २ प्रतिशतले घटेको छ ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको छ ।

यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ७.६८ अंकले घटेर ३७६.५३ बिन्दुमा ओर्लिएको छ ।

कारोबार अवधिभर २२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर एक अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३७ रुपैयाँमा किनबेच भएको छ ।

यस दिन १३ वटै सूचक राताम्मे बनेको छ । यो दिन फाइनान्स समूह र विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।

बुधबार ४ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १८१ कम्पनीको सेयरमूल्य घटेको छ । यसदिन अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ ।

त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घटेको छ । कारोबारमा भने नेष्डो समृद्ध लघुवित्त अब्बल देखिएको छ ।

कमेन्ट गर्नुहोस्