
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक सूची अनुसार ८७ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये १७ वटा वाणिज्य बैंक, ८ राष्ट्रियस्तरका वटा विकास बैंक, ५ वटा फाइनान्स र १३ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन् ।
मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्राइम बैंक, प्रभु बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सनराइज बैंक छन्।
त्यस्तै राष्ट्रियस्तरका विकास बैंकहरु गरिमा, ज्योति, कामना सेवा, महालक्ष्मी, लुम्बिनी, मुक्तिनाथ, सांग्रिला र शाइन रेसुंगा पनि मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा छन्।
पाँचवटा फाइनान्स सेन्ट्रल, मञ्जुश्री, पोखरा, आईसीएफसी र रिलायन्स पनि यो सूचीमा रहेका छन्।
जीवन बिमा समूहबाट ४ वटा, निर्जीवनबाट ५ वटा र २९ वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।
यस्ता छन् मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली –








