कालिका लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

193
0
Share:

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । असोज मसान्तसम्म लघुवित्तको अधिकांश सूचकमा गिरावट आएको छ ।

असोज मसान्तसम्म संस्थाको खुद नाफा ६.८१ प्रतिशत घटेर ७ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी आम्दानी लगायतका आम्दानी घटेसँगै संस्थाको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.८१ प्रतिशतले घटेर ७ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ७ करोड ६३ लाख रुपैयाँ थियो ।

त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ८४ करोड ३१ लाख रुपैयाँमा सीमित छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ करोड ५९ लाख २८ हजार रुपैयाँ थियो । समिक्षा अवधिमा सञ्चालन मुनाफा ६७.४८ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ६९ रुपैयाँ २० पैसाबाट घटेर १६ रुपैयाँ ८३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५७.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ।

हाल संस्थाको चुक्ता पूँजी ३१ करोड २८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ करोड ४ लाख रुपैयाँ सञ्चित छ ।

असोज मसान्तसम्म संस्थाले १ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४४ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन र ३ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

कमेन्ट गर्नुहोस्