
साताको दोस्रो कारोबार दिन सोमबार पनि उतारचढावका बीच सेयर बजार ओरालो लागेको छ । यस दिन नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकममा भने वृद्धि भएको छ ।
लामो समयदेखि घटिरहेको बजार आइतबार उच्च अंकले बढेको थियो । बजार बढेसँगै लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा आज सेयर बजारमा करेक्सन देखिएको हो ।
सोमबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा झरेको छ ।
यता, ठूला तथा बलिया कम्पनीको कारोबर मापक सेन्सेटिभ परिसूचक पनि २.१९ अंकले घटेर ३८५.३३ बिन्दुमा रोकिएको छ ।
कारोबार अवधिभर २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १० करोड ९१ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार एक अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको सेयर कारोबार भएको थियो।
कुल १३ उपसमूहमध्ये ५ वटा समूहको मात्र सेयरमूल्य बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर मूल्य घटेको छ ।
आज ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ ।
यसदिन धौलागिरी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, आरबीबी म्युचुअल फण्ड-१, लाइफ इन्स्योरेन्स कर्पोरेशन, एनआईसी एसिया ग्रोथ फण्ड लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।
त्यसैगरी, सामुदायिक लघुवित्त, आशा लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, ग्रामिण विकास लघुवित्त, एनआईसी एसिया लघुवित्त, शिवम सिमेन्ट लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।








