नेपाल वेयरहाउजिङ कम्पनीले आईपीओ जारी गर्ने

192
0
Share:

नेपाल वेयरहाउजिङ कम्पनीको चौथो वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

सभाले संस्थापकहरुबाट कुल पूँजीको ८० प्रतिशत अर्थात् ५५ करोड रुपैयाँ पूँजी पुर्‍याउने प्रस्ताव पनि पारित गरेको छ । उक्त रकम संकलन पश्चात कम्पनीले २० प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको साधारण सेयर (आईपीओ) निष्काशन गर्नेछ ।

कम्पनीले साइलो प्रविधिबाट मकै, जौ, भटमास लगायत ५५ हजार मेट्रिक टन क्षमता बराबर भण्डारण सुविधा, कृषि उपजहरुको बैज्ञानिक लिलाम व्यवस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुविधा तथा अनाज कन्टेनरको सेवा दिनेछ ।

कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलवस्तु जिल्लाको चन्द्रौटा शाखामा १५ हजार मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५ हजार मेट्रिक टन क्षमताको साइलो जडान गरिरहेको छ ।

कम्पनीको भारतको सबैभन्दा ठूलो भण्डारण सुविधा प्रदायक नेशनल कोलाट्रल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य छ । कम्पनीमा निम्बस ग्रूप, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, ह्याथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चर्स आध्यानता, अल्फा क्यापिटललगायतको लगानी छ ।

कमेन्ट गर्नुहोस्