महालक्ष्मी विकास बैंकद्वारा दुई वटा कलेजसँग सम्झौता

117
0
Share:

महालक्ष्मी विकास बैंकले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्ट सँग सम्झौता गरेको छ।

सम्झौता  पत्रमा  हिमालयन ह्वाइट हाउसको तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले, शुभश्री कलेज अफ म्यानेजमेन्टको तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र  बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता पश्चात बैंकले कलेजका बिद्यार्थीहरुका लागि इन्टर्नसिप अवसर, जब फेयर कार्यक्रम, बैंकिंग साक्षरत कार्यक्रम , गेस्ट लेक्चर भिजिट लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने छ । यस किसिमको सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्