
एभरेष्ट बैंकले तीन वर्ष यताकै सर्वाधिक लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षका लागि कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ का लागि १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) दिने निर्णय गरेको हो।
यो ३ वर्ष यताकै उच्च हो । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ६ प्प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगत लाभांशसहित कुल १०.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा बैंकले ५ प्रतिशत बिनास सेयर र ५.५३ प्रतिशत नगत लाभांशसहित कुल १०.५३ प्रतिशत लाभांश बाँडेको थियो । यो वर्षको २ आर्थिक वर्षको भन्दा दोब्बर बढी लाभांश वितरण गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ भने बैंकले ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यो ५ वर्षको अवधिमा सबैभन्दा बढी हो ।
आर्थी वर्ष २०७४/७५ मा बैंकले नगद लाभांश मात्र वितरण गरेको थियो । सो वर्ष बैंकले २० प्रतिशत नगत लाभांश सेयरधनीलाई बाँडेको थियो ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ छ। यसमा प्रस्तावित गत आर्थिक वर्षको प्रस्तावित लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ।
प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि बैंकका सेयरधनीले पाउनेछन्।








