ब्याजर बृद्धिविरुद्ध माइतीघरमा प्रदर्शन, उद्योगी-व्यापारी भन्छन्– गरिखान गाह्रो भो !

190
0
Share:

बैंक तथा वित्तीय संस्थाले बढाएका चर्को ब्याजदरविरुद्ध उद्योगी तथा व्यापारीहरुले काठमाडौमा प्रदर्शन गरेका छन् । खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले संयूक्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

बैंकहरुले प्रिमियममा मनपरी गरेको, चर्को ब्याज असुल गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् । विरोध प्रदर्शन गर्नेहरुले ‘मनपरी प्रिमियम बन्द गर्, बैंकिङ आतंक बन्द गर्, ब्याजदर चर्को भो गरिखान गाह्रो भो’ जस्ता पर्चा देखाएर शान्तिपूर्ण प्रदर्शन गरे । उद्योगी तथा व्यापारीहरुले पछिल्लो समय ब्याजदर चर्को भन्दै देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका छन् ।

बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी–नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने व्यवस्था गर्नुपर्ने, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकीरण गरी, ब्याज बुझाउने म्याद ३५ दिनसम्म लाई नियमित मानेर लिलाम गर्ने प्रक्रिया लाई हाल स्थगित गर्नुपर्ने माग उनीहरुको रहेको छ । त्यस्तै हालको बाह्य र आन्तरीक कारणको असहज समय उपयुक्त नभएकोले चालु पूँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने उनीहरुको माग छ ।

कमेन्ट गर्नुहोस्