नेपाल बैंक र दराजबीच छुट सम्बन्धी सम्झौता

176
0
Share:

नेपाल बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झैतासँगै नेपाल बैंकमा खाता रहेका ग्राहकहरूलाई बैंकको ८६औं वार्षिकोत्सको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्राप्त हुनेछ। यो योजना कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ।

कात्तिक १७ गते नेपाल बैंकको प्रधान कार्यालयमा भएको उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता अनुसार बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा दई हजार ५०० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।  बैंकले देशभर २२१ शाखा, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको छ।

कात्तिक ३० गते आउँदै गरेको ८६औं वार्षिकोत्सवको मनाउने क्रममा बैंकले डिजिटल बैंकिङ सेवाहरूमा आकर्षक छुटका योजनाहरू ल्याएको छ।

कमेन्ट गर्नुहोस्