युनिलिभर नेपालको लाभांश घोषणा, बुकक्लोज मिति पनि तोक्यो

157
0
Share:

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको हो।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ आउँदो मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक कलोज गर्ने निर्णय गरेको छ । यसको अर्थ मंसिर १ गतेसम्म (मंसिर २ गते शुक्रबार र ३ गते शनिबार) कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

कम्पनीले आउँदो वार्षिक साधारणसभाबाट लाभांश स्वीकृत गरी ४५ दिनभित्र सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ।

कमेन्ट गर्नुहोस्