२ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

126
0
Share:

काठमाडौं । नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश सुरक्षित गर्ने आज (कात्तिक १७ गते) गते अन्तिम दिन हो । दुवै फन्डले लाभांश प्रयोजनको लागि शुक्रबार (कात्तिक १८ गते) बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम इकाइधनीले यी दुई फन्डले घोषणा गरेको लाभांश पाउनेछन् ।

नबिल इक्विटी फन्डले इकाईधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्दैछ । यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–२ ले पनि इकाईधनीहरुलाई करसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्