एनआईसी एसिया बैंकको सीईओमा पुन: न्यौपाने नियुक्त

176
0
Share:

एनआईसी एसिया बैंक लिमिटेडको सञ्चालक समितिको बैंठकले रोशनकुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन:नियुक्त गरेको छ।

आज कात्तिक १६ मा बसेको सञ्चालक समितिको बैंठकले गरेको निर्णयअनुसार न्यौपानेलाई बैंकको सीईओमा पुन:नियुक्त गरेको हो।

हाल बैंकको सीईओका रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले आउँदो मंसिर १५ गतेदेखि लागू हुने गरी सीईओको पदमा थप ४ वर्षको अवधिका लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको हो।

सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखापरीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृतहुँदै सन् २०१८ मा सहायक सीईओ भएका थिए।

सहायक सीईओहुँदै निमित्त सीईओका रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को बैंठकले उनलाई २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको थियो।

कमेन्ट गर्नुहोस्