शौर्य सिमेन्टले ल्यायो शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर सार्वजनिक

156
0
Share:

शौर्य सिमेन्टले देश व्यापी रूपमा शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर ल्याएको छ । कार्तिक १५ गते देखि पौष ३० गतेसम्म लागुहुने गरि यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने ५ सय देखि १० हजार रुपैयाँ सम्मको कुपन स्क्राच गरी नगद प्राप्त गर्न सक्ने कम्पिनीले बताएको छ ।

त्यसैगरी, ५० बोरा भन्दाबढीको खरिदमा एक भन्दाबढी कुपन प्राप्त गर्दा शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी १ लाखसम्मको नगद प्राप्त गर्न सक्ने सिमेन्टले जनाएको छ ।

यद्यपी सयौं संख्यामा (०) को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य (०) लाई पछाडि लगेर जोड्न मिल्नेछ। साथै, उक्त रकममा शून्य (०) थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थल मै रकम प्रदान गरिने बताइएको छ।

शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ । ४३ ग्रेड ओपिसी, ५३ ग्रेड ओपिसी, पिएससी र ५३ ग्रेड पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। अन्तराष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरुपता कायम गरी सिमेन्ट उत्पादन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्