
एक हप्ताको अवधिमा वाणिज्य बैंकहरूको निक्षेप १७ अर्बले घटेको छ । नेपाल बैंकर्स एसोसिएन (एनबीए)को कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको हो।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिक ४ गते देखि ११ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब २४ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैंकहरूले ४२ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका थिए । समीक्षा अवधिमा कर्जा प्रवाह यथावत नै रहेको थियो भने औसतमा कर्जा(निक्षेप अनुपात (सिडी रेसियो) ८७.५८ प्रतिशत रहेको थियो।
त्यस्तै, असोज मसान्त र कार्तिक ११ गतेको तुलनामा वाणिज्य बैंकहरूको निक्षेपमा २३ अर्बको गिरावट भएको थियो भने सोही अवधिसम्म कर्जा प्रवाहमा ५ अर्बको वृद्धि भएको थियो । असोज मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४७ अर्ब पुगेको थियो भने कर्जा रकम ४२ खर्ब २० अर्ब थियो ।








