सेयर बजारको उकालो यात्रामा आज पनि निरन्तरता, कारोबार रकम पनि बढ्यो

179
0
Share:

सेयर बजारको उकालो यात्राले आज तेस्रो दिन पनि निरन्तरता पाएको छ । बुधबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ ।

यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ७.१२ अंकले बढेर १९३८.३० बिन्दुमा उक्लिएको छ । आज नेप्से ०.३८ प्रतिशतले बढेको हो ।

यता ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ०.७९ अंकले बढेर ३८२.९४ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँको कारोबार भएको छ । मंगलबार एक अर्ब २९ करोड ६ लाख ६४ हजार ६४२ रुपैयाँको सेयर कारोबार भएको थियो ।

यसदिन नेप्सेमा सूचिकृत १३ उपसमूहमध्ये ३ वटा समूहको सेयर मूल्य घटेको छ भने बाँकी १० सूचकमा हरियाली छाएको हरियाली छाएको छ ।

यसदिन कारोबार आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ, भने ५६ सेयर मुल्यमा गिरावट आएको छ ।

कमेन्ट गर्नुहोस्