
नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।
योसँगै प्रतितोला छापवाला सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९३ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो । मंगलबार प्रतितोला छापवाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २२५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो ।
कमेन्ट गर्नुहोस्








