राष्ट्र उत्थान लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

175
0
Share:

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म आइपुग्दा संस्थाको नाफामा भारी गिरावट आएको छ ।

समीक्षा अवधिमा संस्थाको खुद नाफा ६९.४६ प्रतिशतले घटेर ३८ लाख २३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६७.२५ प्रतिशतले घटेर ५० लाख ९ हजार रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ५२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ७.६४ प्रतिशतले घटेर ४ करोड ७३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५ करोड १२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ३५ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ अर्ब २ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी २६ करोड रुपैयाँ संस्थाको जगेडा कोषमा १८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर १.४३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल १.२५ प्रतिशतमा सीमित थियो।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ५.८८ रुपैयाँ पुगेको छ। मूल्य अनुपात आम्दानी (पीई रेसियो) १६१.९० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७१.५३ रुपैयाँ रहेको छ।

कमेन्ट गर्नुहोस्