१६ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

171
0
Share:

नेपाल राष्ट्र बैंकले भोलि कात्तिक १४ गते १६ अर्ब ६६ करोड रुपैयाँबराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले कात्तिक १५ गते जारी हुने ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको भोलि बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः माघ १७ गते, २०८० वैशाख १९ गते र २०८० कात्तिक १४ गते परिपक्व हुनेछन्।

ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

कमेन्ट गर्नुहोस्