कृषि विकास बैंकका यी शाखाहरु तिहारको बिदामा पनि खुल्ने

263
0
Share:

काठमाडौं । कृषि विकास बैंकले तिहार बिदाको समयमा पनि विभिन्न शाखामार्फत सेवा दिने भएको छ ।

बैंकले एक सूचना निकाल्दै तिहार बिदामा समेत देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ ।

बैंकले बिदाको समयमा पनि आफ्ना विभिन्न ३६ शाखाबाट सेवा प्रदान गर्ने भएको हो । ती कार्यालयहरु बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् ।

कमेन्ट गर्नुहोस्