लाभांश पारित गर्न निफ्राले बोलायो साधारणसभा

136
0
Share:

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कात्तिक ४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा आउँदो मंसिर १० गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यानड एन्ड ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको प्रस्तावित ४.२१०५ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) पारित गर्नेछ।

सोही सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन वा थप गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका एजेण्डाहरु पारित गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले मंसिर १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, कात्तिक ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कमेन्ट गर्नुहोस्