
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कात्तिक ४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा आउँदो मंसिर २ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत गरी कुल ११ प्रतिशत लाभांश पारित गर्नेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, बैंकले कात्तिक १५ गतेसम्म सेयर दर्ता किताबमा कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने जनाएको छ । कुमारी बैंकसँग मर्जर सम्झौता गरेको हुनाले असोज ११ गते देखि बैंकको कारोबार रोक्का रहेको छ ।








