नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

123
0
Share:

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षका लागि हाल कायम चुक्तापुँजीको कुल ८.४२११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२११ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।

कमेन्ट गर्नुहोस्