
सर्लाहीको सहकारी संस्थामा कार्यरत कर्मचारी माथि गोली प्रहार भएको छ । जिल्लाको बागमती नगरपालिका मिलनचोकमा सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।
कार्यालयमा काम गरिरहेको अवस्थामा नै उनलाई गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट उनलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्








