सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

223
0
Share:

नेपाली बजारमा (बुधबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २०० रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

हिजो मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार १८० रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्