
सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ । होटेल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र २१.३१५७८९४७ नगद लाभांश गरि कुल २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यसैगरी सञ्चालक समितिले कम्पनीको ४८औँ वार्षिक साधारणसभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो होटेलको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कमेन्ट गर्नुहोस्








