कर्जाको ब्याजदर १८ प्रतिशत नाघ्यो

136
0
Share:

बैंकहरुले कात्तिकमा ऋणको ब्याजदर बढाएका छन् । कात्तिक १ गतेदेखि बैंक कर्जाको ब्याजदर १८ प्रतिशत नाघेको हो ।

कतिपय बैंकहरूको साउन र भदौ दुई महिनाको औसत आधार दर नै १० प्रतिशतमाथि पुगिसकेको छ। आधार दर १० प्रतिशतमाथि रहेपनि प्रिमियम कम रहेकाहरूको अधिकतम ब्याजदर १६ देखि १७ प्रतिशतमा सीमित रहेपनि अन्यको १७ प्रतिशतदेखि १८ प्रतिशत माथिसम्म पुगेको हो।

बैंकहरुले निक्षेपको भने असोज महिनामा कायम ब्याजदरलाई निरन्तरता दिने भएका छन्।

निक्षेपमा बैंकहरुले अधिकत्तम १२.३३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् । असोजमा निक्षेपको ब्याजदर बढे पनि ऋणको ब्याजदर बैंकहरुले बढाएका थिएनन् ।

निक्षेपको ब्याजदर महिनैपिच्छे घटबढ गर्न पाइने राष्ट्र बैंकको नियम भए पनि कर्जाको ब्याजदर भने प्रत्येक ३ महिनामा मात्र घटबढ गर्न सकिने प्रावधान छ ।

त्रैमासको अन्तिम महिना असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरुले प्रथम त्रैमास (साउनदेखि असोज) सम्म बेसरेटमा भएको औसत वृद्धिको आधारमा कर्जाको ब्याजदर पनि कात्तिकबाट बढाउनेछन् । निक्षेपको ब्याजदर बढेसँगै बैंकहरुको बेसरेट पनि बढ्छ । यसले कात्तिकबाट नयाँ कर्जा मात्रै होइन, पुरानो कर्जा समेत महँगिने भएको छ ।

कमेन्ट गर्नुहोस्