
क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले उमेर हदका कारण आइतबारदेखि अवकाश पाएका छन् । उनलाई पोखरा रंगशालामा नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पदाधिकारीले सम्मानसहित विदाइ गरे ।
टमाटाले ५८ वर्षको उमेर हदका कारण अवकास पाएका हुन् । कैलालीको टिकापुर मुल थलो भएका टमाटाले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
टमाटाकै प्रशिक्षणमा नेपाली यू–१९ टोली २०१२ को विश्वकपका लागि छनौट भएको थियो ।
कमेन्ट गर्नुहोस्








