
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हालको चुक्तापुँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत गद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
कमेन्ट गर्नुहोस्








