
साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो ।
कमेन्ट गर्नुहोस्








