
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्यस मेला’ को आयोजना गर्दै छ । असोज ३१ बाट कार्तिक ५ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा चल्ने यस भव्य मेलामा ग्राहकहरूले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरू पाउनेछन् ।
यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा पाउने छन् बजार मूल्याङ्कन भन्दा रु ७,००० बढी, साथै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुट पाउनेछन् ।
यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरूले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।








