
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले प्रतिबन्धलाई लम्ब्याउने सिफारिस गरेको हो ।
योसँगै विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात अब मंसिर २९ गतेसम्मको लागि रोकिने भएको छ ।
यसअघि मन्त्रिपरिषदको बैठकले २०७९ असोज २८ गतेसम्म यी वस्तुमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।
कमेन्ट गर्नुहोस्








