आजदेखि माथिल्लो दोर्दी ‘ए’को बिजुली परीक्षण शुरू

115
0
Share:

लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’को उत्पादित बिजुली परीक्षण बिहीवारदेखि शुरू भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमास्थित २५ मेगावाट क्षमता आयोजना १ महिनाअघि निर्माण सम्पन्न भएको थियो ।

आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले भने, ‘हामीले बल्लबल्ल आयोजना निर्माण सम्पन्न गरौं, निर्माण सम्पन्न भएपछि आयोजनाको उत्पादित बिजुली आजदेखि परीक्षण शुरू गरेका छौं ।’

बिहीवार र शुक्रवार २ दिन मशिन जडान गर्न समय लाग्ने उनको भनाइ छ । ‘नेपाल विद्युत् प्राधिकरणको अनुमति र प्राधिकरणबाट कर्मचारीको उपस्थिति भएसँगै परीक्षण शुरू भएको छ । १५ दिन जति परीक्षण गर्छौं, सफल भएमा हामी व्यावसायिक रूपमै कात्तिकदेखि नै बिजुली उत्पादन गर्न थाल्ने छौं,’ उनले भने ।

आयोजनाको बाँकी काम पेन स्टक पाइपमा, टनेलमा पानी भर्ने काम, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएपछि उक्त समयमा बिजुली उत्पादन गर्न असफल भए पनि ती सबै काम सम्पन्न गरेर यतिबेला बल्ल उत्पादित बिजुली परीक्षण अघि बढेको आयोजनाले जनाएको छ ।

उनले भने, ‘आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७०० मिटर लामो भूमिगत सुरुङ र २ हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत् गृहमा झारिएको छ ।’

यसको सफल परीक्षण समेत भइसकेको छ । आयोजना निर्माणका क्रममा ३ अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न लक्ष्यका साथ अघि बढे पनि यसको लागत समेत बढेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्