नेप्सेमा दोहोरो अंकको सुधार, नबिल बैंकको उच्च कारोबार

180
0
Share:

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार दोहोरो अंकको सुधार भएको छ । आज नेप्से ११.३६ अंकले बढेर  १८६६.५२ विन्दुमा बन्द भएको हो । मंगलबार १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा बन्द भएको थियो ।

आज  नेप्सेमा ६९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५२ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कुल १३ उपसमूहमध्ये ११ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी २ वटा समूहको सेयर मूल्य घटेको छ ।  आज कारोबार भएका कम्पनीमध्ये १४० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६०७.२० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार एभरेष्ट बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज दुई करोड ४० लाख भन्दा बढीको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्