यस्तो छ कतार विश्वकपको तालिका

153
0
Share:

कतारमा हुँने फिफा विश्वकप २०२२ सुरु हुन अब ३९ दिन मात्र बाँकी छ । फुटबल विश्वकप पहिलोपटक खाडी मुलुकमा हुन लागेको हो ।

कतार विश्वकपको पहिलो खेल नोभेम्बर २० मा आयोजक मुलुक कतार र इक्वेडरबीच हुनेछ ।

यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । उद्घाटनको दिन एउटा मात्र खेलको तालिका छ । विश्वकपमा समूहचरणका खेल डिसेम्बर २ सम्म हुनेछन् । त्यसपछि अन्तिम १६ का खेल हुनेछन् । अन्तिम १६ का खेल डिसेम्बर ६ मा सकिनेछ ।

क्वार्टरफाइनलका खेल डिसेम्बर ९ र १० मा हुनेछ । सेमिफाइनल खेल डिसेम्बर १४ र १५ मा हुनेछ । विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

कमेन्ट गर्नुहोस्