आइएमईबाट करोडौँ रुपैयाँ चाेरी

Share:

ताप्लेजुङमा रहेकाे एक आइएमईबाट ९ करोडौँ रुपैयाँ चाेरी भएकाे छ । जिल्लाको विरेन्द्रचाेकमा रहेको आइएमई मनिट्रान्सफरबाट ९ कराेड रकम चाेरी भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आज साेमबार बिहान करिब ९ बजेकाे समयमा अम्बर श्रेष्ठको आइएमईबाट  रकम चाेरी भएकाे हाे ।

आइएमईका स्टाफ आशामाया प्रधानलाई हिजोदेखि नै मेरो आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा नम्बरबाट फोन आइरहेको थियो । आज बिहान पनि करिब ९ बजेर १८ मिनेट तीर फोन आएको थियो ।

फोन आएलगत्तै फेसमाक्स लगाएका ४ जना युवाहरू आइएमइ छिरेका थिए । तीमध्ये तीन जना आएर आशामायाको मुख, आँखा, हात, खुट्टामा टेप लगाएर लुटपाट गरेकाे आशामायालाई उदृत गर्दै प्रहरीले जनाएकाे छ ।

प्रारम्भिक अनुसन्धान अनुसार पैसा र सुन गरेर करिब ९ करोड बराबरको धनमाल लुटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वास्तविक तथ्यांक आइसकेको छैन ।

प्रहरीका अनुसार लुटेराहरूको खाजीकार्य भइरहेकाे छ ।

कमेन्ट गर्नुहोस्